दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मार्च १३ मा नेपाल एसोसिएसन युएईको साधारणसभा -आवेदन दिने अन्तिम मिति १२ मार्च

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते, बुधबार ७:४६

नेपाल एसोसिएसन युएईको साधारणसभा मार्च १३ मा, सम्पुर्ण तयारी पुरा : अध्यक्ष श्रेष्ठ

युएई । युएईमा वैधानिकता प्राप्त गरेको एक मात्रै नेपाली सामुदायिक संस्था नेपाल एसोसिएसन युएईको प्रथम साधारणसभा आगामी मार्च १३ मा हुने सँस्थाले जनाएको छ। काेराेना महामारीका कारण विगतमा स्थगन गरिदै आएको साधारणसभा मार्चमा हुने भएको एसोसिएसनले नयाँ नेतृत्व (बिओडी) चयनका लागि नोमिनेसन आव्हान गरी सार्वजनिक सूचना समेत जारी गरिसकेको छ । युएईका सामुदायिक संस्थाहरुलाई नियमन गर्ने सरकारी निकाय सामुदायिक विकास प्राधिकरण (सिडिए) बाट अनुमती लिएर एसोसिएसनले आफ्ना सदस्यहरुलाई बिओडीमा नोमिनेसनका लागि आग्रह गरेको थियो ।

युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार एबं सहयोगका साथै कानुनी सहायताका लागि समेत क्रियाशिल नेपाल एसोसिएसनमा अहिले झन्डै ११ सय नेपाली आवद्ध भएको अध्यक्ष रमेश श्रेष्ठले बताए । एसोसिएसनले जारी गरेको ‘गोल्ड’ र ‘सिल्भर’ सदस्यता लिएका हरेक सदस्यहरुले संस्थाको नयाँ नेतृत्वमा आउन अनलाईनमार्फत आवेदन दिन पनि सक्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी गाराए । साधारणसभाको अवसरमा एसोसिएसनको लोगो डिजाईन गर्ने दिनेस सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिनुका साथै एसोसिएसनका विभिन्न अंगमा रहि योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान समेत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल एसोसिएशनको जनरल एसेम्ब्ली हरेक २ वर्षमा हुने गरेकोमा कोरोनाका कारण केहि सरेको श्रेस्ठले बताए । यहि मार्च-१३ मा हुने साधारणसभामा नेपाल एसोसिएशनका सदस्यहरुले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहि युएइस्थित नेपाली समुदायमा योगदान गर्न इच्छुकहरुलाई नोमिनेशनका लागि सँस्थाले आव्हान गरेको छ । आवेदन दिने अन्तिम मिति १२ मार्च २०२२ दिनको ३ बजे सम्म रहेको अध्यक्ष श्रेष्ठले जनसवाललाई बताए ।

उक्त साधारणसभामा नोमिनेशन दस्तुर अध्यक्षका लागी १००००, उपाध्यक्षका लागी ५०००, महासचिवका लागी ५०००, सचिवका लागी ४०००, कोशाध्यक्षका लागी ४०००,बोर्ड अफ डाईरेक्टरका लागी ३००० र बोर्ड सदस्यको लागी १५०० तोकिएको छ । नोमिनेशन दिने लिंक https://bit.ly/3t468e9 रहेको छ । साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु