दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकाबाट याद बोकेर आए अर्जुन बोसेल ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते, बुधबार १२:२९

काठमाडौं – गायक अर्जुन बोसेलको बिल्कुलै नयाँ साँगीतिक सौगात ‘याद’ सार्वजनिक भएको छ। एक्लो र दुखी हुदाको पिडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत रहेको छ।

कृष्ण बिक (भान्जा )ले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास फिचर्ड छन्। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक बोसेलको अफिसिएल युट्युव च्यानल ‘अर्जुन बोसेल’ मार्फत भिडियो सार्वजनिक भएको हो। विगत लामो समयदेखि नेपाली संगीतमा सक्रिय गायक बोसेललका यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्। केहि समयअघि सार्वजनिक उनको ‘गोठालो’ बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु