तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सम्झना कप टेटेको हस्पिटालिटी पार्टनरमा नेपाली घर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते, बुधबार १९:१६

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रुपमा नेपाली घर अनुबन्ध भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । सो वापत नेपाली घरले खेलाडीका लागि प्रतियोगिता अवधिभर १२ कोठा उपलब्ध गराउने छ ।
सेल्स एन्ड मार्केटिङ म्यानेजर तण्डुकारले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरेको बताउदै टेबलटेनिससंग जोडिन पाउँदा खुशी लागेको बताए । उनले आगामी संस्करणमा पनि सहयोगका लागि सकारत्मक रहेको बताए ।
प्रतियोगिता चैत १५ देखि १९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । यसअघि प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म हुने भनिएको थियो । कोभिड– १९ को तेश्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो ।
अन्य प्रायोजकमा नेबिको बिस्कुट, नाती कन्स्ट्रक्सन प्रा.लि. र टेबलटेनिस खेल सामाग्री प्रायोजकमा डिएचएस रहेका छन् । सम्झना लेबोरटरी क्लिनिक प्रा.लि. ले मुख्य प्रायोजकका रुपमा आयोजकसंग यसअघि नै सम्झौता गरिसकेको छ ।
प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ । अनुमानित २१ लाख ५० हजार बजेट रुपैयाँ रहेकोमा मुख्य प्रायोजक सम्झनाले ५० प्रतिशत रकम प्रायोजन गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु