तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज ५२.२१ अंकले बढ्यो शेयर बजार, २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते, बिहीबार १५:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको वृद्धि देखिएको छ ।

आज नेप्से ५२.२१ अंकले बढेर दुई हजार ५ सय ६६ दशमलब ७९ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ७९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । यसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु