तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संखुवासभा बस दुर्घटना: ज्यान गुमाएका १४ जनाकै सनाखत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते, बिहीबार १५:३५

काठमाडौं , फागुन २६ । संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ५ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेमा मादी नगरपालिकाका मात्र ११ जना रहेका छन्।

ज्यान गुमाउनेमा मादी नगरपालिका -६ की ३० वर्षीया सिता विक, ३२ वर्षीया अञ्जना कटवाल र ५ वर्षीया दिक्षा कटवाल रहेका छन्।

यस्तै वडा -५ बस्ने ४९ वर्षीय भवानीप्रसाद दाहाल, ५५ वर्षीय श्याम शेर्पा र उमेश भट्टराई रहेका छन्। वडा-४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की र आइतबहादुर तामाङ रहेका छन्।

वडा -२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारीको पनि मृत्यु भएको छ। ताप्लेजुङ घर भएकी ३१ वर्षीया समिक्षा योन्जन र उनका ८ वर्षीय छोरा सुदिप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि ज्यान गएको डीएसपी सुवेदीले जानकारी दिए। विपिन बसका चालक र उमेश सहचालक हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु