तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते, बिहीबार २०:२५

न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा
काठमाडौं, २६ फागुन । आयोजक न्यु एरा एकेडेमी ‘बी’ सँगै विद्या संस्कार स्कुल समूह विजेता बन्दै न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो । यो समूहबाट किड््स लर्निङ समूह उपविजेता बन्दै अन्तिम नकआउट चरणमा पुग्न सफल भयो । किड्सले स्कलर्समाथि ३–२ को जित निकाल्न सफल भएको थियो ।
समूह ‘एच’ को विजेता बन्ने क्रममा विद्या संस्कारले सिर्जना ज्ञान सागर ‘बी’ लाई ३–१ को गोल अन्तरले तथा ल्यान्डमार्क एकेडेमीलाई ७–० को भारी अन्तरले पराजि ग¥यो । एक खेलमा सफलता हात पारेको सिर्जना समूह उपविजेता बन्यो । सिर्जनाले ल्यान्डमार्कलाई ३–० ले हराउन सफल भएको थियो । यस्तै समूह ‘बी’ बाट सिर्जना ज्ञान सागर ‘ए’ समूह विजेता तथा रोज मेरी आइडल समूह उपविजेता बन्यो । सिर्जनाले रोज मेरीलाई २–० ले तथा एन्जल्स हार्टलाई ५–० ले हरायो । रोजमेरीले एन्जल्सलाई ४–१ हराउँदै समूह उपविजेता बन्यो । समूह ‘ई’ बाट हिम रश्मी हाई स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
योसँगै प्रतियोगिताको नकआउट समिकरण पूरा भएको छ । बुधबार ८ टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाएका थिए । शुक्रबार नकआउटदेखि फाइनल र तेस्रो स्थानको खेल हुने आयोजकले जनाएको छ । तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । बिहीबार लिग चरणका अन्तिम खेल र शुक्रबार फाइनल चरणको खेल हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु