दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बूढानीलकण्ठ उमा कुङफुको तयारी पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते, शुक्रबार १८:५९

बूढानीलकण्ठ उमा कुङफु शाखाको आयोजनामा हुने बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
एकदिने प्रतियोगिता शनिबार बूढानीलकण्ठ नगरपालिकाको कपनमा हुँदै छ । बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय ३५ खेलाडीको सहभागिता रहने आयोजक शाखाका प्रमुख अस्मिन चौधरीले जनाएका छन् । नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको पुरुष÷महिलामा समान २० स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
सर्वाधिक स्वर्ण जित्ने एक टिमलाई मात्र टिम च्याम्पियनको ट्रफी प्रदान गरिने छ । सान्डा र प्याटर्नमा १–१ पुरुष÷महिला गरी ४ उत्कृष्ट खेलाडी चयन गरिने छ । उत्कृष्ट चारलाई नेपाल उमा कुङफु संघले खाना÷बस्न सुविधासहित चीनमा निशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी गराए ।
प्रतियोगिताको मुख्य जजमा नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई रहेका छन् । पोइजन जिन्सका प्रोप्राइटर जनक कार्कीले अफिसियलका लागि पोशाक प्रायोजन गरिदिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु