दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेल पत्रकार सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते, शनिबार २२:०९

काठमाडौं, फागुन २८ गते ।
बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७ औं अभिभावक दिवस तथा सांस्कुतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुने खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य, गोरखापत्र दैनिकका प्रजित शाक्य, नागरिकका अनिल मल्ल ठकुरी, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, राइजिङ नेपालका प्रमोद जोशी, नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानीका रामसुदन तिम्सिना र सौर्यका रोशनकुमार सिंह रहेका छन् ।
उनीहरुलाई पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसी, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्व निर्देशक डा. प्रकाश प्रधान, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे, पारामाउन्टका संस्थापक निर्देशक प्रमोद पाण्डे र पारामाउन्टका खेलकुद विभाग प्रमुख सुमन तिमल्सिनाले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत पनि नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु