दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश,केन्द्रिय सदस्य आचार्यद्वारा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार ८:४४

रसुवा,२९ फागुन। रसुवामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रीय (क) कार्यसमिति रसुवाले शनिबार आयोजना गरेको प्रदेश सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य एवम संघिय सांसद ईन्जिनियर मोहन आचार्यले उहाँहरुलाई कांग्रेसमा प्रवेश गराउनु भएको हो।
कांग्रेस प्रवेश गर्नेमा एमाले लागायत अन्य पार्टीको स्थानीय निर्वाचनको प्रत्यासी उम्मेदवार देखि विभिन्न तहको नेता कार्यकर्ताहरु हुनुहुन्छ।
विभिन्न वडाको गरि १५० जनाले कांग्रेस प्रवेश गरेका छ्न।
नवप्रवेशीहरुलाई स्वागत गर्दै आउँदै केन्द्रिय सदस्य एवं सांसद आचार्यले स्थानीय निर्वाचन केन्द्रित भएर गाउँ गाउँमा संकृय हुन स्थानिय नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। “घरघर जाऔँ,कांग्रेसलाई जिताऔँ अभियान” लाई सफल पार्न आग्रह गर्दै उहाँले सडक संजाल,गुणस्तरीय शिक्षा,आधुनिक स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनको लागि नेपाल सरकार सङ्ग आफुले आवश्यक पहल गरिरहेको बताउनु भयो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यव्दय प्रभात तामाङ र प्रेम तामाङ , बागमती प्रदेश कार्य सम्पादन समितिका सदस्य लामा कार्पु तामाङ,उपेन्द्र लम्साल,शेष कुमारी अधिकारी र पार्टी सभापति पेम्बा छिरिङ तामाङले गाँउको विकास नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताउनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु