दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा भोलि फागुन ३० गते काठमाडौंदेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन–२०७८’ हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार १८:५०

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा भोलि फागुन ३० गते (सोमबार) काठमाडौंको दशरथ रंगशालादेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन–२०७८’ हुने भएको छ ।
महासंघले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । ‘सबैका लागि खेलकुद हाम्रो अभियान, संघीयता सुशासन र संघीय समाजवाद राष्ट्रको पहिचान’ भन्ने सन्देश प्रवाह गर्दै,‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि खेलकुद–२०७८’ भन्ने नाराका साथ एकल म्याराथुनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । र, म्याराथनको सम्पूर्ण तयारी पूरा भएको पनि महासंघले जनाएको छ ।
कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथुन धावक बैकुण्ठ मानन्धर र कीर्तिमानी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका मिरा राईको प्रमुख आतिथ्यतामा काठमाडौं दशरथ रंगशालादेखि धनकुटा टुँडिखेल तथा काठमाडौं दशरथ रंगशालादेखि दमकसम्मको एकल म्याराथुन दौड बिहान ७ बजे उद्घाटन गरिने बताइएको छ ।
खेलकुद क्षेत्रका विश्वव्यापी मूल्य र मान्यतालाई अंगीकार गर्दै र यो क्षेत्रको समग्र विकास र विस्तार गर्नका लागि खेलकुदमा अनुशासित जनशक्ति तयार गर्दै, जनजागरण पैदा गर्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने, शरीरका सबै अंगहरु चलायमान राख्ने र खेलकुदलाई जीवनको अभिन्न अंग बनाउने उद्देश्यका साथ कार्यक्रमको अयोजना गरिएको पनि महासंघद्धारा जारी पे्रस विज्ञप्तीमा प्रष्ट पारिएको छ ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष नेत्रबहादुर नेम्बाङले म्याराथुनको सम्पूर्ण तयारी पुरा भएको जनाए । लामो म्याराथुन भएको हुँदा अफ्ठ्यारो परे ‘रेसक्य’ू गर्ने टिम समेत तयार पारिएको उनले स्पष्ट पारे । यस्तै, उनले म्याराथुन गर्नेबारे गृह मन्त्रालयमा समेत जानकारी गराईसकेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य विभाग प्रमुख डा.के.के. राईले खेलाडीहरुले गरेको आँटप्रति सम्मान व्यक्त गरेका थिए । उनले उक्त कार्यक्रमले स्वस्थ रहन पे्ररित गर्नुका साथै अबको समाज परिवर्तनको संवाहक युवा हौं भन्ने सन्देश दिनेपनि बताए ।
अबको नयाँ पुस्ता स्वस्थ रहनुपर्ने भन्दै त्यसमा म्याराथुनले टेवा पुर्याउने उनको भनाई छ । राईले यो संसारमा सबै कुरा सम्भव रहेको भन्दै काठमाडौंबाट दमक र धनकुटा पुग्ने आँट गरेका युवाहरुलाई सलाम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै संघीय समाजवादी खेलकुद महासंघका महासचिव भरत अधिकारीले खेलाडीहरुलाई प्रोत्साहन र खेलको माध्यमबाट राष्ट्रलाई चिनाउनको लागि एकल म्याराथुनको आयोजना गरिएको धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु