दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली धावक नारायणले कुवेतमा जिते उपाधी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार १९:५२

नेपाली धावक नारायणले कुवेतमा जिते उपाधी
नेपाली धावक नारायण श्रेष्ठले अमेरिकन युनिर्भसिटी मिडिलइष्ट दौडको (एयूएम) को उपाधी जितेका छन् । उनले यो लगातार तेस्रो पटक उपाधी जितेका हुन् । मध्यपुर्व एयुएम रनमा उपाधी हात पारेपछि उत्साहित हुदै धावक श्रेष्ठले नेपालको नाम राख्न सफल भएको खुसी व्यक्त गरे । ‘कोभिड १९ को महामारीका कारण केहि समयदेखि रोकिएको थियो । त्यसको लागि म फर्किरहेको थिए ।’ उनले २.४ किलोमिटर दौड नौ मिनेट ३८ सेकेन्डमा पुरा गरेका थिए ।
उनले आफूले खेल रोकिए पनि नियमित अभ्यासलाई नछोडेकै कारण उपाधी जित्न सफल भएको दावी गर्दछन् । म्याराथनमा विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले उपाधीसँग २ लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कारसमेत हात पारे । दौड कुवेतको अमेरिकन युनिभर्सिटी अफ मिडिल इष्टले आयोजना गरेको हो । त्यसैगरी नेपालका अर्का धावक टिका कुमालले तेस्रो स्थान हासिल गरे । दोस्रो स्थानमा भने लेबनानका अर्दित लुसी आए । म्याराथनमा लेबनान, इजिप्ट, नाइजेरिया, भारत, क्युवा, जोर्डन, कुवेत, कतार, साइप्रस, चेकोस्लाभिया र युरोपका धावकहरुको सहभागिता थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु