तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रथम बागमती प्रदेश खेलकुद ललितपुरको कठिन जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते, सोमबार ४:५५

हेटौडा फल्गुन,२९
प्रथम प्रदेश खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुरले कठिन जित निकालेको छ । हेटौंडा स्थित क्याम्पा डाँडा रंगशाला आइतबार भएको खेलमा ललितपुरले चितवनमाथी १–० को कठिन जित निकाल्न सफल भयो ।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । यदपी दुवै पक्ष गोल गर्ने सुन्दर अवसरहरुबाट चुकेका थिए ।
दोश्रो हाफको ६८ मिनेटमा कप्तान बसन्त तामाङले गरेको गोलनै ललितपुरका लागि निर्णायक बन्यो । कप्तान तामाङले ४० मिटर टाढाबाट सुन्दर गोल गरेका थिए । नकाउट पद्धतीबाट शुरु भएको प्रतियोगिताको सोमबारकका खेलहरु रामेछाप र सिन्धुपाल्चोक र मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना सुरु प्रतियोगिताको आइतबारै हेटौंडामा भएको ब्याडमिन्टन प्रतियोगितामा महिला र पुरुष तर्फ आठ÷आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । महिला तर्फ सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, चितवन, भक्तपुर र ललितपुर क्वाटरफाइलनमा प्रवेश गरेको प्रतियोगिता संयोजक दिपक थापाले बताए । पुरुषतर्फ रसुवा, चितवन, सिन्धुली, काभ्रे, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट क्वाटरफाइनलमा प्रवेश गरेको उनले जानकारी दिए । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल हुने आयोजकले बताएको छ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेको धुलिखेलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु