दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रथम बागमती प्रदेश खेलकुद काठमाडौं फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १ गते, मंगलवार ६:१८

प्रथम बागमती प्रदेश खेलकुद
काठमाडौं फाइनलमा

प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला टी– २० क्रिकेटमा काठमाडौं सोमबार फाइनलमा प्रवेश गरेको छ । तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो ।
पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा पूरै विकेट गुमाउदै ४२ रन बनायो । जवाफमा काठमाडौंले विना विकेट क्षति मात्र ३ ओभरमा लक्ष्य भेटायो ।
अर्को खेलमा काठमाडौंले चितवनलाई १ सय २१ को फराकिलो अन्तरले हरायो । काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ८३ रनको योगफल खडा गरेको थियो । काठमाडौंकी कञ्चन श्रेष्ठले ७० रन जोडिन् । चितवन ६१ रनमा अलआउट भयो । काठमाडौंले उपाधिका लागि भक्तपुर र चितवनबीचको विजेतासंग बुधबार खेल्ने छ ।
खेलकुदअन्तर्गत पुरुष फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
मकवानपुरले नुवाकोटलाई ३–० गोलले हरायो । मकवानपुरका सुदीप सापकोटाले २ तथा समिराज ठोकरले १ गोल गरे ।
खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिममा ललितपुरले धादिङलाई ३–० तथा चितवनले सिन्धुलीलाई ३–० ले पराजित गरी फाइनलमा प्रवेश गरे । सोही स्पर्धाको महिलामा सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ तथा धादिङले ललितपुरलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
खेलकुदअन्तर्गत पुरुष भलिबलमा रसुवाले रामेछापलाई १६–२५, २५–२० र २७–२५, चितवनले सिन्धुलीलाई २२–२५, २५–१९ र २५–१४, नुवाकोटले काभ्रेलाई २५–२२ र २५–१९ तथा सिन्धुपाल्चोकलले भक्तपुरलाई २५–१० र २५–१६ को सेटमा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु