दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रिब्सलाई फुटसल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ४ गते, शुक्रबार २१:०२

रिब्सलाई फुटसल उपाधि
आयोजक स्वस्तिश्री गुरुकुललाई पेनाल्टी सुटआउमा स्तब्ध बनाउँदै रिब्स स्कुलले शुक्रबार पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
स्वस्तिश्री गुरुकुलद्वारा आयोजित यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको फाइनलमा रिब्सले आयोजक स्वस्तिश्री गुरुकुललाई पेनाल्टी सुटआउटमा २–० ले हराउँदै उपाधि जित्यो । सानो भ¥याङस्थित आफ्नै फुटसल मैदानमा सम्पन्न फाइनलमा स्वस्तिश्री गुरुकुलले निर्धारित समय १–१ को बराबरी खेलेको थियो । पेनाल्टी सुटआउटमा भने स्वस्तिश्री स्तब्ध भयो । पेनाल्टीमा रिब्सका रोचक लामा र शुभम् महर्जनले गोल गरेका थिए । आदर्श विद्या मन्दिर (एभिएम) ले दी एक्सल्सेयर स्कुललाई पराजित गर्दै तेस्रो भयो । स्वस्तिश्री गुरुकुल स्कुलका दीप खत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । रिब्स स्कुलका आयुष केसी उत्कृष्ट गोलरक्षक चुनिए । युरो स्कुल छाउनीले फेयर प्ले ट्रफी हात पार्न सफल भयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधार, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा स्वस्तिश्री गुरुकुलका ब्रान्ड एम्बासडर अनिल गुरुङ, विद्यालयका संस्पाथक अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मीना महर्जन र शैक्षिक निर्देशक प्रवीण मोक्तानलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा उपत्यकाका ११ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो । समूहका शीर्ष दुई टोलीले नकआउट चरणको यात्रा तय गरेका थिए । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले पनि ट्रफी पाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु