दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चीनका विदेशमन्त्री यीको नेपाल आगमनलाई जसपाले विशेष रुपमा लिएको छ’ : मनिष सुमन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ५ गते, शनिबार १५:५४

काठमाडौं, ५ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले पनि आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्विकार गर्छौं । सबै देशसँग समान व्यवहार गर्छौं । भारत र चीनसँग विशेष सम्बन्ध रहनुपर्छ । भारत र चीन भनेको त हाम्रो नजिकका छिमेकी हुन्, हामीलाई कुनै आपत र विपद् पर्यो भने उहाँहरु नै नजिक हुनुहुन्छ, विश्वमै एउटा उदयीमान शक्ति चीनका विदेशमन्त्रीको नेपाल भ्रमण हुँदैछ, जसपाले उहाँको आगमनलाई विशेष रुपमा लिएको छ।’

भारतजस्तै चीन पनि नेपालको लागि विशेष मुलुक भएको सुमनले उल्लेख गरे । उनले भने,‘तर, उहाँहरुको नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप नहोस । चिनियाँ राजदूतले सक्रिय भूमिका खेलेको कुरा अहिले उठेको छ, उहाँले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने कुरा बाहिर आएको थियो, अहिले प्रचण्डले पनि कहीँ कहीँ बोल्न थाल्नुभएको छ, चीनको विदेशमन्त्रीको भ्रमणलाई ईंगित गर्दै यस्तो कुरा बोलिएको छ। दलगत रुपमा चीनसँग विशेष सम्बन्ध हुन्छ। विशेष समबन्ध हुँदैमा कुनै पनि देशको आन्तरिक राजनीतिमा हस्तक्षेप हुनुहुँदैन् । नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी हुनुपर्छ भन्ने राजदूत यान्छीको भनाई आएको थियो । यो आपत्तिजनक कुरा हो । उनी त चीनको राजदूत हो नि ।’

नेपाल सरकारले परराष्ट्र नीति सही तवरले सञ्चालन गर्नुपर्ने र देशको समृद्धिको लागि सबैले काम गर्नुपर्ने उनको भनाई थियो । उनले नेपालको संसद्मा एमसीसी पारित हुँदै गर्दा चिनियाँ विदेश मन्त्रालयले निकालेका विज्ञप्ती र अभिव्यक्तिलाई आफूहरुले गम्भीर रुपमा लिएको पनि उल्लेख गरे । उनले भने,‘बीआरआईको ऋणबारे चर्चा छ कि ऋण तिर्न नसकेर कतिपय देश टाट पल्टेका छन् । हेर्नुहोस, नेपालले चीनको ऋण वा सहयोग लिँदा अमेरिकाले हस्तक्षेप गर्न मिल्दैन अनि नेपालले अमेरिकाको एमसीसीको अनुदान लिँदा चीनले पनि हस्तक्षेप गर्न मिल्दैन् ।’
उनल आफूहरु चिनियाँ ऋण लिने पक्षमा भने नरहेको जिकिर गरे । उनले भने,‘हामी कुनैपनि ऋणको पक्षमा छैनौं । चीनले दिएको ऋण कम ब्याजदरमा छैन् । जसपा त्यस्तो कुनै ऋणको पक्षमा छैन् । बरु अनुदानको कुरा हामीले आफ्नो सार्वभौमसत्तालाई ख्याल गरेर लिनुपर्छ । ऋणको पक्षमा हामी छैनौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु