
अछामका प्रविन टमटा विजयी
नेपाल बक्सिंग संघको तत्वावधान तथा प्राविधिक सहयाग एवं खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा यहि मिति २०७८ चैत्र ५ गते देखि ७ गतेसम्म सातदोबाटोमा राष्ट्रव्यापी स्कुल व्वाइज तथा गल्र्स बक्सिङ्ग प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा पुरुषतर्फको ४३ किलो तौल समुहमा अछामका प्रविन टमटाले जेसि एसका सुवास बस्नेतलाई अंकको आधारमा पराजित गर्दै अल्फाका सोनम पुन मगरसंग सेमिफाईनलमा भेट पक्का गरेका छन् । सोहि तौल समुहमा अल्फाका सोनमले फाईट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीको आधारमा पराजित गरेका थिए ।
अन्य खेलहरुमा पुरुष ३५ किलो तौल समुहमा नक्सालका सक्षम लामाले अछामका सन्तोस भट्टलाई र मकवानपुरका अरुन सापकोटाले भक्तपुरका प्रत्यूस सुजखुलाई अंकको आधारमा पराजित गरी सेमिफाईनलमा प्रवेश गरेका छन् । त्यसै गरी ४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवालाई पराजित गरेका छन् । त्यसै गरी पुरुष ४९ किलो तौल समुहमा कास्कीका आकास बोहराले दमकका रोसन विकलाई पराजित गरे भने पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिङ्ग पोखराका समुन्द्र थापा मगरले मोरंगका किर्तिक मास्केलाई अंकको आधारमा पराजित गरे भने सोही तौल समुहमा बाँकेका योगराज खत्रीले अछामका विनोद नागारजीलाई अंकको आधारमा पराजित गरी सेमीफाईनलको यात्रा तय गरेका छन् ।
देशभरीका २५ वटा जिल्ला, क्लब तथा स्कूलहरुका १२ वर्ष देखि १४ वर्ष भित्रका पुरुष तथा महिला गरी जम्मा ४८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
२०२२ को अप्रिलमा फुकेटमा हुने थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ्ग प्रतियोगिताको खुल्ला छनौट खेल अन्तर्गत आज भएका खेलहरुमा मिनिमम वैट ४८ किलो तौल समुहमा एचटूओका रविन थापाले झापाका धर्मेन्द्र राईलाई युनानिमस डिसिजन ५ः० को आधारमा विजय हासिल गरे भने सोहि तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङ्गलाई आरएससीको आधारमा पराजित गरका थिए । उक्त कार्यत्रमको उदघाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले आईबा रेफ्री रामचन्द्र थापा मगरलाई ग्लोभ्स हस्तान्तरण गरी गर्नु भएको थियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठज्यूले स्कुल बक्सिङ्ग प्रतियोगिताले ग्रासरुट लेबलबाट विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले महत्वपुर्ण प्रतियोगिता रहेको बताउदै आयोजकहरुलाई धन्यबाद प्रदान गर्नु भएको थियो । प्रमुख प्रशिक्षक एवम् कार्यक्रम संयोजक प्रकाश थापा मगरको सभापतित्वमा शुरु भएको उक्त प्रतियोगितामा कार्यक्रम संयोजक श्री थापा मगरले वि.सं.२०५८ साल देखि नै खेलकुद र योग क्षेत्रमा योगदान दिदै आईरहेको यस खेलकुद प्रवद्र्धन संस्थाले लामो समयदेखि स्कुल बक्सिङ्ग प्रतियोगिता आयोजनाको प्रयास गरे पनि कोभिडका कारणले प्रतियोगिता सार्नु परेको जानकारी गराउदै स्पोनले नेपाल बक्सिङ्ग संघ संग सहकार्य गर्दै निरन्तर रुपमा प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता गर्नु भएको थियो भने । स्वागत मन्तब्य नेपाल बक्सिङ्ग संघका उपाध्यक्ष अर्जुन बहादुर केसीले व्यक्त गर्नु भएको थियो सोहि कार्यक्रममा महालक्ष्मी वार्ड नंं. ५ बस्ने लालबहादुर महर्जनलाई बक्सिङ्ग क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान पनि गरीएको थियो ।


