दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्जन माछापुच्छ«े स्कुलको ब्रान्ड एम्बासडर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ५ गते, शनिबार १९:४६

अन्जन माछापुच्छ«े स्कुलको ब्रान्ड एम्बासडर
काठमाडौं, चैत ५ गते ।

कुसुन्तीस्थित माछापुच्छ«े स्कुलले राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी अन्जन विष्टलाई माछापुच्छ«े स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ«ेका अध्यक्ष डा. विनोदप्रसाद यादव र अन्जनले शनिबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो । दुई वर्षका लागि अञ्जनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा अन्जनले माछापुच्छ«ेसंग जोडिन पाउँदा खुशी लागेको बताउदै स्कुलसंग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले स्कुलले सञ्चालन गर्ने स्पोर्ट्स एकेडेमीलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै आफूलाई सम्झेकोमा धन्यवाद दिए ।
अध्यक्ष यादवले अन्जन जस्तो दिग्गज खेलाडीलाई अनुबन्ध गर्न पाउँदा सिंगो विद्यालय परिवारले गर्वको अनुभुति गरेको बताउदै स्कलुले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए ।
पूर्व कप्तान सिंहले खेलाडीलाई अवसर दिएकोमा माछापुच्छ«ेलाई धन्यवाद दिदै अन्जनलाई बधाइ दिए । उनले यस्ता कार्यले अन्य विद्यालयलाई पनि खेलाडीलाई स्थान दिन प्रेरित गर्ने धारणा व्यक्त गरे ।
एन्फा एकेडेमीका उत्पादन अन्जन मनाङ मस्र्याङ्दीका कप्तान हुन् । अन्जन नेपाल सुपर लिगको दोश्रो संस्करणमा सहभागी हुने नवप्रवेशी टिम झापा एफसीका मार्की खेलाडी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु