दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन समितिमा- ओली, खरेल र आचार्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ६ गते, आईतवार १५:०५

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन
समितिमा ओली, खरेल र आचार्य

गैरआवासीय नेपाली संघ एनआरएनएको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १०औ महाधिबेसनका लागी दुबै पक्षले आ आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेसन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै बार्ता समिति गठन गरेका छन ।
बार्ता समितिमा शनि कुमार ओली,बेद प्रसाद खरेल र दुर्गा आचार्य रहेका छन । उक्त बार्ता समितिले सोमवार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरि सहमती गराएर एकता महाधिवेसन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिईएको छ । प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ ।
केहि दिनदेखी प्रमुख संरक्षक घलेलाई एकताको बिरोधीको आरोप लगाईएको थियो ।
गैर आवासीय नेपाली संघको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष बिच १० औ महाधिवेशन सम्पन्न गर्न सहमती गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ । एनआरएनएलाई फुटबाट बचाउन दुबै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु