दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चका अवसरमा दलित समुदायका सवालमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ७ गते, सोमबार ७:२४

७ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं
जातको आधारमा जघन्य अपराध हुने र अधिकांश दिलत समुदायका पीडित व्यक्तिहरुले न्याय पाउन नसकेको दलित अधिकारकर्मी तथा वैज्ञानिक समाजवादी कम्यूनिष्टपाटी नेपालकी केन्द्रिय सदस्य धनकुमारी सुनारले बताउनु भयो ।
५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चका अवसरमा जागरण मिडिया सेन्टरले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यो कुरा बताउनु भएको हो । साथै उहाँले राजनीतिकमा पनि दिलत समुदायको प्रतिनिधित्व निकै न्यून रहेको बताउनु भयो ।
कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव भिम घिमिरेले आजको युगमा आएर पनि दलित समुदायले छुवाछुत तथा जातिय विभेदको सामना गर्न परेको भन्दै दिलत समुदायले भोग्न परेको हिंसा, छुवाछुत तथा जातिय विभेदको अन्त्य गर्नका लागि सरोकारवाला निकायहरु लागि पर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी गोरखापत्र दैनिकका पत्रकार लक्ष्मण दर्नालले जातिय विभेद तथा छुवाछुतको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले २०७७ कार्तिक देखि २०७८ असोज समम दलित समुदाय माथी भएका विभिन्न हिंसा, विभेद, कुटपीट लगायतका विषयमा विभिन्न सञ्चार माध्यममा आएका घटनाहरुको विषयमा पनि जानकारी गराउनु भएको थियो । उहाँले प्रस्तुत गर्नु भएको कार्यपत्रमा उहाँले यस वर्ष दलित समुदाय माथी ६७ वटा विभिन्न घटनाहरु घटेको बताउनु भयो ।
कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले जातिय विभेदको अन्त्यका लागि सबै मिलेर आवाज उठाउनु पर्ने, सम्बन्धीत निकायलाई दवाब दिनु पर्ने कुरामा जोड दिनु भयो भने पत्रकार केशब भूलले विभिन्न सञ्चार माध्यमहरुले दलित समुदायका सवालहरुलाई प्राथामिकताका साथ स्थान दिनु पर्ने, दलितका सवालहरुलाइ सबै समुदायको सरोकारको विषय बनाएर वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा नेपाल दलित संघका प्रतिनिधि दिपक सोनीले जातिय विभेदको विरुद्ध लड्नको लागि सबै एकजुट हुनु पर्ने, संविधानमा उल्लेख भएका दलित समुदायका सवालहरुलाई कार्यन्वयन गर्नुका लागि सबैले दवाब दिनु पर्ने बताउनु भयो ।
त्यसै गरी संविधान सभा सदस्य सिन्धु जलेश्वरले दलित समुदायको हक हित र अधिकार सुनिश्चित गर्न, छुवाछुतको अन्तय गर्न सबै राजनीतिकदलहरु लाग्नु पर्ने र आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनु भयो भने अर्का सदस्य प्रभा बज्राचार्यले संविधानमा दलित समुदायका सवालहरु समावेश हुनु दलित आन्दोलनको एक उपलब्धी भएको बताउनु भयो ।
जागरण मिडिया सेन्टरले ५७ औ अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चका अवसरमा आयोजना गरेको दलित समुदायका सवाल सम्बन्धी छलफल कार्यक्रममा कार्यक्रमकी अध्यक्ष तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष एवं संविधान सभा सदस्य कमला विश्वकर्माले अन्तराष्ट्रिय जाति भेद तथा रंगभेद उन्मूलन दिवस -२१ मार्चलाई सार्थक बनाउनका लागि अबका दिनमा रणनीतिक योजना बनाएर दलित समुदायका लागि कार्यक्रम गर्ने बताउन् भयो । साथै उहाँले जातिय छुवाछुतको अन्त्य गर्न, उनीहरु माथी हुने विभिन्न विभेदको अन्त्य गर्नका लागि नीति नियम बनाएर पूर्ण रुपमा कार्यन्वयन गरी सबै प्रदेशमा लागु गर्नु पर्ने कुरामा जोड दिदै दलित समुदायका सबै सवालहरुलाई अन्य समुदायले पनि उठाउनु पर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु