दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमित र करिष्मा पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ७ गते, सोमबार १९:१५

काठमाडौ ।श्री सिद्धी मंगल माविका अमित घलान र एस्फोडेल स्कुलकी करिष्मा कार्कीले प्रथम अन्तरविद्यालय क्योकुसिन कराते प्रतियोगिताको खुला तौलसमूमा स्वर्ण जितेका छन् ।
नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे ।
पुरुष ४० केजीमा गुड स्टार्ट एकेडेमीका शेष रिजवान, ४५ केजीमा श्री सरस्वती माविका रमित महर्जन, ५० केजीमा दरबार हाइ स्कुलका संजोग लामा, ५५ केजीमा मधवालिया माविका रामसिंह घलान र ६० केजी दरबार हाइ स्कुलका सुशन तामाङ पहिलो भए ।
महिला ५५ केजीमा काठमाडौंकी अनिशा तामाङ, ४५ केजीमा दरबारकी दीक्षा महरा, ५० केजीमा महांकाल माविकी निसु तामाङ र ३५ केजीमा दरबारकी चाहना खत्री पहिलो भए ।
विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का प्रथम उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए । विभिन्न २० विद्यालयका १ सय ५० खेलाडी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु