दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राखेप प्रशासनिक भवनको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ७ गते, सोमबार १९:२०

राखेप प्रशासनिक भवनको उद्घाटन
काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटनअघि भवन निर्माणको जिम्मेवारी पाएको शिव शक्ति चक्रेश्वरी जेभीका प्रोप्राइटर रामेश्वर देउजाले राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापालाई भवन हस्तान्तरण गरेका थिए ।
प्रशासनिक भवन त्रिपुरेश्वरस्थित राखेप हातामै निर्माण गरिएको हो । पहिले उक्त स्थानमा खेलाडी छात्रावास, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र, तालिम तथा प्रशिक्षण विभाग, सानलगायतका कार्यालयका संरचना थियो । २०७२ सालको विनाशकारी भूकम्पले उक्त संरचना जीर्ण बनाएपछि भत्काएर प्रशासनिक भवन निर्माण गरिएको हो ।
वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो । निमित्त सदस्य–सचिव कुलबहादुर थापासहित २५ वर्ष सेवा अवधि पूरा गरेका ८६ जनाले दीर्घ सेवा पदक पाए । २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा पदक पाए । खेलकुद मन्त्री गहतराज, राखेप उपाध्यक्ष शिव कोइरालालगायतले उनीहरुलाई सेवा पदक प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु