दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ८ गते, मंगलवार २०:०४

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो । ४ स्वर्ण, ८ रजत तथा १४ काश्य पदक जितेको लुम्बिनी प्रदेश दोस्रो तथा ३स्वर्ण र २ काश्य सहित कर्णाली प्रदेश तेस्रो भयो ।
महिला फाइट तर्फको २० किलो तौल समूहमा लुम्बिनी प्रदेशकी पूर्णिमा पुन मगर पहिलो भए । सोस्पर्धामा लुम्बिनीकै स्वर्णिका विसी दोस्रो तथा प्रदेश नम्बर १ की ग्रीष्म चौधरी र सुदुरपश्चिम प्रदेशकी रितु चौधरी तेस्रो र चौथो भइन ।
२५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी आचल बुढा मगर पहिलो भइन । सो स्पर्धामा प्रदेश नं १ कीस्मृति घर्ती मगर दोस्रो तथा कर्णालीका अन्जली जिसी तेश्रो र सुदुरपश्चिमकी सन्ध्या घर्ती मगर चौथो भइन ।
३० किलो तौल समूहमा बाग्मती प्रदेशकी सन्चिता केसी पहिलो भइन । सो स्पर्धामा लुम्बिनी प्रदेशकी बिपना पुन मगर दोस्रो तथा लुम्बिनीकै सरला केसी तेस्रो र अपेक्षा रोका मगर चौथो भइन ।
३५ किलो तौल समूहमा कर्णाली प्रदेशकी पुजा चौधरी भइन । सो स्पर्धामा कर्णालीकै आशिका बि.क.दोस्रो तथा विनिशा एलजी तेस्रो भइन र लुम्बिनी प्रदेशकी कविता शर्मा चौथो भइन ।
४० किलो तौल समूहमा सुदुरपश्चिमकी निक्कु विस्वकर्मा पहिलो भइन । सो स्पर्धामा प्रदेश नम्बर १ की अस्मिता महरा दोस्रो तथा लुम्बिनी प्रदेशकी सबिता बि.क. तेस्रो सुदुरपश्चिम प्रदेशकी कृति केसी चौथोभइन ।
४५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी चादनी खत्री पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी अन्जली केसी दोस्रो तथा गण्डकीकै अन्जली पुन मगर तेस्रो र लुम्बिनी प्रदेशकी वर्षा थापा मगर चौथोभइन ।
५० किलो तौल समूहमा कर्णालीकी शान्ति पौडेल पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी सिर्जना बुढा दोस्रो तथा प्रदेश नम्बर १ की रीता सुनार तेस्रो र लुम्बिनी प्रदेशकी बसन्ती ठेडी मगर चौथो भइन ।
५५ किलो तौल समूहमा बागमती प्रदेशकी रन्जिता गुरुङ पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी रूपा बुढा मगर दोस्रो तथा सुदुरपश्चिमकी कल्पना खड्का तेस्रो र लुम्बिनी प्रदेशकी भीमा राना चौथोभइन ।
६० किलो तौल समूहमा प्रदेश नम्बर १ की नवीना श्रेस्ठ पहिलो भइन । सो स्पर्धामा लुम्बिनी प्रदेशकी बिनिता बुढा मगर दोस्रो तथा बागमती प्रदेशकी अनुष्का शिवभक्ति तेस्रो र गंगा घर्ती मगर चौथो भइन ।
पुरुष फाइटतर्फ २० किलो तौल समूहमा सुदुरपश्चिमका भेषराज भण्डारी पहिलो भए । सो स्पर्धामा लुम्बिनीका रेशम गौरे दोस्रो तथा गण्डकी प्रदेशका क्षितिज पुन मगर तेस्रो र प्रदेश नम्बर १ का निशान गिरीचौथो भए ।
२५ किलो तौल समूहमा प्रदेश नम्बर १ का अनुश महरा पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका कमल भण्डारी दोस्रो तथा गण्डकी प्रदेशका बिमल घर्ती मगर तेस्रो र लुम्बिनी प्रदेशका अनीश सुनार चौथो भए ।
३० किलो तौल समूहमा प्रदेश नम्बर १ का अर्पण नेपाली पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका विकास रावत दोश्रो भए । लुम्बिनी प्रदेशका प्रवीण नेपाली तेस्रो भए । र लुम्बिनीकै निश्चल खड्का चौथो भए ।
३५ किलो तौल समूहमा प्रदेश नम्बर २ का बिजेस थापा मगर पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका शुभम भुसाल दोस्रो तथा प्रदेश नम्बर १ का सन्देश रावत तेस्रो र गण्डकी प्रदेशका समीर गिरीचौथो भए ।
४० किलो तौल समूहमा बागमती प्रदेशका अमृत गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका कृष्ण नेपाली दोस्रो तथा प्रदेश नम्बर २ का नवीन बि.क. तेस्रो र सुदुरपश्चिम प्रदेशका राजन शर्मा चौथो भए ।
४५ किलो तौल समूहमा बागमती प्रदेशका सुरेन्द्र गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका इशु घर्ती मगर दोस्रो तथा सुदुरपश्चिम प्रदेशका कृष्ण डिसी तेस्रो र नेपाल पुलिस स्कुलका अजय न्यौपानेचौथो भए ।
५० किलो तौल समूहमा बागमती प्रदेशका दिनेश गुरुङ पहिलो भए । सो स्पर्धामा गण्डकी प्रदेशका महेश गुरुङ दोस्रो तथा प्रदेश नम्बरका सिशि चौधरी तेस्रो र लुम्बिनी प्रदेशका सुरज विस्वकर्मा चौथो भए ।
५५ किलो तौल समूहमा प्रदेश नम्बर २ का गणेश केसी पहिलो भए । सो स्पर्धामा बाग्मतीको प्रदेशकासमीर गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विवश घर्ती मगर तेस्रो र लालमोहन गुरुङ चौथो भए ।
६० किलो तौल समूहमा नेपाल पुलिस स्कुलका गुमान घर्ती मगर पहिलो भए । सो स्पर्धामा नेपाल पुलिस स्कुलकै सिर्जन केसी दोस्रो तथा प्रदेश नम्बर २ का सुरेश परियार तेस्रो र बागमती प्रदेशका आशीषतामाङ चौथो भए ।
६५ किलो तौल समूहमा बागमती प्रदेशका निमेश गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका प्रदीप घर्ती मगर दोस्रो तथा बागमती प्रदेशका रमेश तामाङ तेस्रो र लुम्बिनीका भूपेन्द्र पुन मगर चौथो भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु