
प्रथम बागमती प्रदेश खेलकुद
सिन्धुली र मकवानपुर क्वाटरफाइनलमा
सिन्धुली र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबल बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
धुलिखेलमा भएको खेलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि दुवै गोल सिजन क्याप्छाकीले गरिन् । सिन्धुपाल्चोककी कप्तान रुबिना पहरीले सान्त्वना गोल गरिन् ।
मकवानपुरले रामेछापलाई ५–० गोलअन्तरले सहजै हरायो । सम्जिता बोम्जन र कप्तान पूजा लामाले समान २ गोल गरे । लक्ष्मी गोलेले १ गोल थपिन् ।
कराते ः
खेलकुदअन्तर्गत करातेमा काठमाडौं टिम च्याम्पियन बनेको छ । काठमाडौंले ७ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । दोश्रो भएको रामेछापले २ स्वर्ण, ४ रजत र ३ कांस्य हासिल ग¥यो । २ स्वर्ण र २ रजतमा नुवाकोटले तेश्रो स्थानमा चित्त बुझायो ।
सत्र स्वर्णका लागि भएको प्रतिस्पर्धामा काभ्रेले २ तथा चितवन, मकवानपुर, धादिङ र ललितपुरले १–१ स्वर्ण हात पारेको प्राविधिक संयोजक विसन मोतेले जनाएका छन् ।


