दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको उदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ९ गते, बुधबार २०:३६

काठमाडौं ।खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको उदघाटन नेपाल ओलम्पिक कमिटिका सह महासचिव पिताम्बर तिम्सिनाले गरे । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य गदै आएकोमा बधाई ज्ञापन गनु भएको थियो र खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उदघाटन समारोहमा विशिष्ट अतिथि नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवालेले सम्पुर्ण खेलाडीहरुलाई अनुशासित रुपमा खेल खेल्न र रेफ्री जजहरुलाई निश्पक्ष रुपमा खेल खेलाउन आग्रह गर्दै सम्पुर्ण अभिभावकहरुलाई आप्mना छोरा छोरीहरुलाई खेलमा लगाउन आग्रह गर्नुभएको थियो । प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीले आफु खेलाडी भएको समयमा भन्दा अहिलेको समयमा खेलाडीहरु सुरक्षित भएको र प्रदेश खेलकुद परिषद्ले खेलाडीहरुको खेलको समयमा मृत्यु भएमा ३० लाखसम्मको जीवन विमा गरिएको खेलाडीहरुको पक्षमा महत्वपुर्ण कार्य गर्न प्रदेश सक्षम रहेको जिकिर गनुभएको थियो । यो सफलताको पछाडी बागमती प्रदेश खेलकुदमन्त्री ढकालको महत्वपूर्ण योगदान रहेको जानकारी गराउनु भयो । नेपाल बक्सिंग संघका केन्द्रिय सदस्य मानबहादुर भण्डारीको सभापतित्वमा शुरु भएको कार्यक्रममा स्वागत मन्तव्यमा प्रदेश बोर्ड सदस्य धनकुमार मैनालीले खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र सदस्य–सचिव सूर्यलाल भण्डारीको कामको राम्रो समन्यव भएकोले बागमती प्रदेशले अन्य प्रदेशभन्दा राम्रो कामगर्न सफल रहेको जानकारी गराउनु भयो ।
आज शुरु भएको पुरुष ६० किलो तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्ज बहादुर सुनारलाई एबिडीको आधारमा पराजित गरे । सोहि तौल समुहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्तबहादुर क्रिग्रिंन मगरलाई पराजित गरे । ६० किलो तौलसमुहमै रामेछापका सुरेशकुमार भण्डारीले दोलखाका अनिस घिसिंगलाई पराजित गरे ।
कार्यक्रममा नेपाल बक्सिंग संघका उपाध्यक्षश्री नरेन्द्र पोमो, नेपाल बक्सिंग संघका केन्द्रिय सदस्य पुष्करराज पन्त, प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, काभ्रे जिल्ला प्रशासन प्रमुखलगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु