
बुटवल । नेपाल डेरि एसोसिएसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशन राष्ट्रिय दुग्ध बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवज्युको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण भट्टराईज्युको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालय महाशाखा प्रमुख तुलसीराम भण्डारी ,मानव अधिकार शान्ति समाजका सभापति गोबिन्द खनाल , बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, रुपन्देही मिष्ठान्न तथा क्याटिरङ ब्वासायी संघका अध्यक्ष लक्ष्मण पोख्रेल, कृषि पत्रकार समाज लुम्बिनीका अध्यक्ष कृष्ण खनाल, रातो पाटी अनलाइनका प्रदेश सम्योजक तेजन्द्र के.सि, नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल, केन्द्रिय काेषाध्यक्ष दयाराम भण्डारीकाे साथै नेपाल डेरि एसोसिएसनका पुर्ब केन्द्रिय अध्यक्ष मेघराज भन्डारीकाे उपस्थिती थियोे । त्यसै गरि सदस्य टीकाराम खराल, टीका प्रसाद घिमिरे, शिव भुषाल, पूर्व अध्यक्ष मेघराज भण्डारी साथै डेरी उद्योगी व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. यादवले नेपाल डेरी एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यावसायिहरुको राष्ट्रिय संगठन भएको आजको यो कार्यक्रमले पुष्टि गरेको बताए । राष्ट्रिय दुग्ध विकास वोर्ड र नेपाल डेरी एसोसिएसन हरेक कुरामा सहकार्य गर्ने गरेको कुरा डा. यादबले बताए । महाशाखा प्रमुख भण्डारीले हामी सबै मिलेर काम गरे डेरी सेक्टरमा राम्रो गर्न सक्ने बताउँदै मन्त्रालय एसोसिएसनसंग सधैं मिलेर काम गर्ने कुरा बताए । नेपाल डेरी एसोसिएसनका महासचिवले संगठन हाम्रो साझा घर हो ।

संगठनले के गर्योभन्दा पनि हामीले के गर्यौ भन्ने कुरा मुख्य कुरा भएको दाहालले बताए । एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले एसोसिएसनको संगठन विस्तार र सदस्यहरुको आकर्षण देख्दा आफू अत्यन्त खुशी भएको बताए । कार्यक्रममा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले दुधको महत्त्व बारे बताउँदै हामीले जन्मेदेखि दूध सेवन गर्दै आइरहेको बताए । अन्य सबै वक्ताले अधिवेशनको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट कृषक सम्मान उमादेवी पशु विकास फर्मका संचालक यज्ञमुर्ति खनाल, व्यवसायी मध्येबाट सुजल डेरी कपिलवस्तुका संचालक सावित्री भुषाललाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्वाचित सबै पदाधिकारीहरु एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित सपथ ग्रहण केन्द्रिय महासचिव प्रल्हाद दाहालले गराउनु भयो ।

अधिवेशनबाट निम्नानुसार पदाधिकारी एवं सदस्यहरु निर्वाचित भएका थिए ।
अध्यक्ष : थानेश्वर न्यौपाने
उपाध्यक्ष : घननाथ पौडेल
सचीव : बिजय सापकोटा
सह सचीव : कमल भुषाल
कोषाध्यक्ष : लेखनाथ भण्डारी
सदस्यहरु : कृष्ण बस्याल
रबिराज पन्त
नबराज सापकोटा
पवन भट्टराई
सावित्री भुषाल
प्रकाश देवकोटा
मान बहादुर बुढाथोकी
मिना कडेँल


