लुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १० गते, बिहीबार १५:०४

रुपन्देही । राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागि अन्तरक्रिया र लोगो वितरण कार्यक्रम प्रदेश नं ५ ( लुम्बिनी ) को कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचीव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबज्युको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी योगेन्द्र सिंह थापा, डेरी उद्योग सघका अध्यक्ष राजकुमार दाहाल, कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय महाशाखा प्रमुख तुलसीराम भण्डारी, दुग्ध विकास संस्थानका सदस्य प्रकाश अर्याल, देवदह नगरपालिकाका मेयर हिरा के.सि, रुपन्देही सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि.का सदस्य हरि प्रसाद काफ्ले, नेपाल डेरी एसोसिएसनका पूर्व केन्द्रिय अध्यक्ष एवं बोर्ड सदस्य मेघराज भण्डारी , महासचिव प्रल्हाद दाहाल, कोषाध्यक्ष दयाराम भण्डारी, सह-सचिव रेशम बहादुर खड्का, नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने, बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे, केन्द्रिय सदस्य शिव भुषाल, डिडिसि बुटवलका प्रमुख प्रमेश्वर चौधरी, शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण भट्टराई ( खिम ) राष्ट्रिय दुग्ध विकासबाट बिदुर राई, ओमप्रकाश खरेल, दिपेन्द्र अधिकारी एवं विभिन्न दुग्ध उद्योगका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा निम्नानुसार डेरी उद्योगका ११ वटा सवारी साधनलाई प्रतिक चिन्ह (लोगो ) प्रदान गरियो ।
१. डिडिसी लुम्बिनी आयोजना, बुटवल
२. महाबलेश्वर डेरी एण्ड बेभरेज इन्डस्ट्री, बुटवल

कार्यक्रममा उपस्थित अतिथिहरु सबैलाई आयोजकको तर्फबाट स्वागत गर्दै लोगो बारे कार्यपत्र बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले गर्नु भयो र सबै डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गर्नु भएको थियो । शुभकामना सहित मन्तव्य राख्ने क्रममा सिडिक्यानका सदस्य हरि प्रसाद काफ्लेले यो लोगोको महत्व बुझी सहि उपयोग गर्न सके यसले पक्कै दुग्ध क्षेत्रको विकासमा टेवा पुर्याउने नै छ । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहलले आफू आबद्ध एसोसिएसनले निकै पहिले उठाएको विषय आज प्राप्त हुँदा अत्यन्तै खुशी लागेको बताउँदै लोगोको महत्त्व बारे प्रकाश गर्दै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गर्दै लोगो प्रयोगमा ल्याउन बोर्डले खेलेको भुमिकालाई एसोसिएसन परिवार विशेष धन्यवाद दिन चहान्छ भन्नु भयो । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बोर्डले अत्यन्तै राम्रो काम गरेको र उद्योग संघले चाडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताउनु भयो । लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख योगेन्द्र सिंह थापाले यसरी दुध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ प्रहरीलाई समितिमै राखेर लान सके झन् प्रभावकारी हुने कुरा बताउनु भयो । कार्यक्रमका विशेष अतिथि देवदहका मेयर हिरा के.सिले आफू पनि लामो समयसम्म यहि दुग्ध व्यवसायका रहेको र आफू मेयर हुँदा पनि दुग्ध क्षेत्रको विकासमा लागिपरेको बताउँदै लोगो अनावरण गरि यसरी वितरण गरेको देख्दा अत्यन्तै खुशी लागेको र यो हामी सबैको सम्मान भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ ( लुम्बिनी ) को कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचीव बैकुण्ठ अधिकारीले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई बेला बेला सजग गराउने बताउनु भयो । अन्त्यमा कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले यो लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता हो । अब सबैले यसलाई आफ्नो सम्झेर यसको प्रयोगमा लाग्न आग्रह गर्दै राष्ट्रिय दुग्ध विकास बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नु भयो । बोर्डले राष्ट्रिय दुग्ध निति पास गरिसकेको र अब चाँडै कार्यविधि बनाई सरोकारवालाहरुलाई समेटेर अगाडि बढ्ने कुरा बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु