दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेहान र कञ्चनलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार ५:०५

काठमाडौ ।लैनचौर डोजोका रेहान जाभेद र देउराली डोजोकी कञ्चन नेपालीले पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा रेहान र महिलामा कञ्चन पहिलो भएका हुन् । फाइनलमा रेहानले घण्टाघर डोजोका सन्दिप राई तथा कञ्चनले घण्टाघरकै सुवेक्षा आले मगरलाई पछि पारे ।
नेपाल सितोरियो कराते डो संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा भक्तपुर डोजोका सुमन सुवेदी, ३० केजीमा देउरालीका अनिल रोका, ३५ केजीमा देउरालीका इरफान वेस्ता, ४० केजीमा देउरालीका चेत मगर, ४५ केजीमा घण्टाघरका अनिश राना मगर र ५० केजीमा देउरालीका करन थारु पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा देउरालीकी श्रृजन नेपालले स्वर्ण जितिन् ।
प्रतियोगिताको हामा स्टिल्स कम्पनीका अध्यक्ष बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय २२ पुरुष र १ सय २२ महिला खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
पुरुष÷महिलामा ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । टिम प्रथमले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी, प्रशिक्षक र रेफ्रीलाई १ थान माउन्टेन बाइक प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु