दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार ५:०८

राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि
राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औं संस्करण शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब ३ सय खेलाडीको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीसहित करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सिनियर र जुनियरमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । सिनियरको पुरुष÷महिलामा ८–८ गरी १६ स्पर्धा समावेश छन् । जुनियरको पुरुष÷महिलामा ५–५ गरी १० स्पर्धामा खेल हुने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक राम गिरीले जानकारी दिए । यसै प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ । प्रतियोगिताको १६ औं संस्करण २०७५–७६ मा भएको आठौं राष्ट्रिय खेलकुदका दौरान भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु