आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार ०५:१२

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा
विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । गण्डकीका रोहित लामाले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भए ।
दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सेनाका रोमन राणाले ४ गोल र राजेन्द्र कार्कीले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच सेनाका रंजित राउत घोषित भए ।
शनिबार बिहान तेस्रो स्थानका लागि गण्डकी प्रदेश र लुुम्बिनी प्रदेशबीच खेल हुनेछ भने दिउँसो फाइनल खेल नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए
चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु