तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जुडोको सेमिनार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार २०:३४

काठमाडौं, चैत १२ गते ।
नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ ।
सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५० जनाको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ(आईजेएफ) को परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको हो । सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा आफूले आर्जन गरेको ज्ञान अन्यलाई सिकाउनु पर्ने अध्यक्ष वज्राचार्यले बताए ।
एकदिने सेमिनारमा जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जित, स्पोर्ट्स डाइरेक्टरद्वय सुप्रसिद्ध ताम्राकार र राजीव प्रधानले नयाँ नियमलगायतका बारे जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु