चैत , १२ , नेपाल डेरी एसोसिएसन मधेश प्रदेशको दोस्रो साधरण सभा एवं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसीयसनका केन्द्रिय सचिव विजय प्रसाद चौरसियाको प्रमुख आतिथ्यता एवं मधेस प्रदेश अध्यक्ष राघो सिंहको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रम मधेश प्रदेशमा रहेको मंगलम डेरी उद्योग तथा फुड इन्डट्रीज हरिवनमा भएको थियो ।
बन्द सत्रसँगै अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको थियो।
नव निर्वाचित टिममा मंगलम डेरी उद्योग तथा फुड इन्डट्रीजका संचालक राघो सिंह अध्यक्ष ,वरिष्ठ उपाध्यक्षमा ग्वाला डेरी हब बिरगंजका संचालक राजेश यादव, उपाध्यक्षमा श्रीकृष्ण जन एकता डेरीका हरि नेपाल , सचिवमा नवीन प्रसाद चौरसिया, कोषाध्यक्षमा लक्ष्मीनारायण यादव, सदस्यमा क्रमशः दिलीप सापकोटा, साहिल चौरसिया , रामबाबु महतो, किशोर आचार्य, उमेश सिंह, मतलुम ठकुराई , महेश सिंह, रामनारायण महतो, जयकरण महतो चयन हुनु भएको छ । यसरी १५ सदस्यीय मधेस प्रदेश नेपाल डेरी एसोसीयसनको समिती बन्यो । हाल निर्वाचित समिती आगामी ३ वर्षको लागि कार्यकाल रहनेछ ।
हाल निर्वाचित समितिले अगामी दिनमा अझ सशक्त रुपमा डेरी ब्यवासायीको हकहितका लागि काम गर्न प्रतिबद्धता रहेको नवनिर्वाचित अध्यक्ष राघो प्रसाद सिंहले बताउँदै यो समिती चयन गर्न महत्वपूर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा प्रमुख अतिथि चौरसियाले निर्वाचित सबैलाई बधाईका साथ शुभकामना दिँदै केन्द्रको निर्देशन अनुसार सबै काम गर्न र सबै डेरी उद्योगको हकहित, संरक्षणमा यो समिती सक्रिय रहने विश्वास लिएको बताए ।