दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बूढानीलकण्ठ च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १३ गते, आईतवार २२:१०

काठमाडौं, चैत १३ गते ।
बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो । दक्षिणकालीले ५ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, आयोजकका अध्यक्ष श्रीकृष्ण मानन्धर र प्रशिक्षक शंकर बलामी, इन्टरनेसनल मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए ।
दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा भएको एकदिने प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडी सहभागी थिए । सान्डा र थाउलोमा गरी जम्मा ३४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता आयोजना गर्न दक्षिणकाली नगरपालिका र सोही नगरपालिकाको वडा ९ ले सहयोग गरेको आयोजकले जनाएको छ । समापनका अवसरमा स्पार्क क्रु नृत्य प्रशिक्षण केन्द्रका भाइ÷बहिनीले नृत्य प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु