दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कृष्णप्रसाद भट्टराई स्मृति कराते सम्झनाको साथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १३ गते, आईतवार २२:२२

कृष्णप्रसाद भट्टराई स्मृति कराते सम्झनाको साथ
नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा हुने प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गर्ने भएको छ ।
सम्झनाकी निर्देशक रजना श्रेष्ठ जोशी र प्रतियोगिता संयोजक समेत रहेका आठौं सागमा करातेका स्वर्ण विजेता रवि महर्जनले सो सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरे । सम्झनाले १० लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने कार्यक्रममा जानकारी गराइयो । त्यसमा ८ लाख ५ हजार नगद र बाँकी खेलाडी प्रारम्भिक जाँच र अन्य स्वास्थ्य सामाग्री रहेका छन् ।
प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमीको हलमा हुने छ । सातै प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका १ सय १० पुरुष र १ सय महिला खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
टिम च्याम्पियनले १ लाख तथा दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जानकारी गराए । यद्यपि अध्यक्ष गुरुङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय प्रतियोगिता आयोजना गरेको खण्डमा राष्ट्रिय प्रतियोगितालाई नै अन्तिम आधार बनाइने बताए । उनले १ स्पर्धामा ४ खेलाडीको प्रारम्भिक छनोट गरिने अवगत गराए ।
सम्झनाकी निर्देशक जोशीले कराते र खेलाडीलाई प्रोत्साहन गरौं भन्ने आयोजकको प्रस्तावलाई सहर्ष स्वीकार गरी प्रायोजन गरेको बताइन् । राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले प्रतियोगितालाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु