तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बसन्तपुरमा हेरिटेज रेस्लिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १३ गते, आईतवार २२:३०

बसन्तपुरमा हेरिटेज रेस्लिङ
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम हेरिटेज आरडब्लु राष्ट्रिय रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ ।
हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट च्याम्पियनले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेफ्री प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् ।
काठमाडौंको बसन्तपुर डबलीमा हुने एकदिने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकासहित अन्य संस्थाको सहयोग रहने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु