
राष्ट्रिय किक बक्सिङको तयारी
राष्ट्रिय किक बक्सिङ संघ नेपालको आयोजनामा मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैत २० देखि २४ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा सात प्रदेश र ३ विभागीय गरी १० टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
फुल कन्ट्याक्ट (के वान) को पुरुषमा ९ र महिलामा ५, स्कोरिङ फाइटको पुरुष÷महिलामा समान ६ तथा लाइट कन्ट्याक्टको पुरुष÷महिलामा समान ७ गरी जम्मा ४० स्पर्धामा भिडन्त हुने छ । प्रतियोगिता अन्तर्राष्ट्रिय वाको नियमानुसार खेलाइने छ । आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक संघका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले जानकारी गराए । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।


