
यश पाठक
उही
उदासिन मन
एक्लो,उजाड,पतझर
दृस्यहरु केलाइ केलाइ भावहिन,
गन्तब्यहिन, कल्पना र यात्रालाइ पछयाउदै
केही अभाव र पिडाका भारीहरु काधमा
बोकी सिङौरी खेल्दै, झेल्दै, तिता
मिठा अनुभव हरु बटुल्दै फेरी
केही भिख माग्न तिम्रो
पाउ छुने अनुमती
माग्दैछु !!
उही
सपना
बिहिन यात्री,
केही थुप्रा कपिहरु
मा कलम ले कोर्दै रङिन बनाउदै,
खन्याउदै रङ्हरु बनाउदै घर हरु,भात्काउदै
पर्खाल हरु सको नसको जाने,बस्ने र पुग्ने ठाउँ अनी नाउ बिना एउटै अभावताको सुर बोकेर,
काटा किल्ला को ठेस प्रबाह नगरि,
लत्रदै-लत्रदै फेरी पनि अघी परेर
केही भिख माग्न तिम्रो
पाउ छुने अनुमती
माग्दैछु !!
उही
फुटेको
भाग्य, हजारौं
लाखौ चोट हरुको
आश्वासनले धिकिर
धिकिर श्वास अनी केही
रक्तसन्चार भएको जिकिर गर्न
वाध्य मस्तिस्क अनी हद सम्म जुधेर
कतै तादाम्यता नमिल्दा अश्वस्थ बनिरहेको
मनशपट्ल,खल्बलियको सुख्खा
जिन्दगीको पर्याबरण तप-
तपाउने शितल पानीका
थोपाले कतै हरियो
पालुवा पलाउछ कि?
फेरी केही भिख
माग्न तिम्रो
पाउ छुने
अनुमती
माग्दै
छु !!
उही
आगन
दोबाटो,मठ र
मन्दिरहरु धाइरहेने,
आइरहने,बाचा कसम
खाइरहने दिन र समय गुज्रीएर
कोसौ पर क्षितिज तिर झिल-मिलाइ
रहे पनि आशाहरु ले बर्बराउदै,एक्ला एक्लै हर दिन रात एउटै गर्जन र
चिच्याहटमा दिएको साथ
अनी अधुरो, अपूर्ण
कथा मन भरी
गुस्मुसाउदै
कुन
मरुभुमीको
यात्रामा लम्कने
हो ? शायद यातना पूर्ण
मानसिक कम्पास को साहराले
छाम छुम गर्दै, लर्खराउदै, बर्बराउदै
बस अलिकती पर पुर्याउने छ,
अन्धकारमा बिलौनाहरु
कष्ठकर र निशब्द
बन्नेछन, मौन
बन्नेछन,
जहाँ
महसुस
गर्न मिल्ने केही
अंश बाँकी हुने छैन,
पहाड खास्नु भन्दा पहिले
नै फेरी केही भिख माग्न तिम्रो पाउ
छुने अनुमती माग्दैछु ! पाउ छुने अनुमती माग्दैछु


