दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोपाललाई अर्को सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १४ गते, सोमबार १८:२३

काठमाडौं । नेपाली खेलाडी गोपाल भण्डारीले ४३ औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् ।
उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका हुन् । अमेरिकाकै पुरानो मानिने च्याम्पियनसिपमा एभरेष्ट र हिमालयन तेक्वान्दो डोजाङबाट नेपाली मुलका ५० जना खेलाडी, ६ जना रेफ्री र ७ जना प्रशिक्षक सहभागी भएका थिए ।
गोपालले गत साता अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा विभिन्न देशका सात राष्ट्रका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । हाल अमेरिकामै बस्दै आएका गोपाल आगामी जुलाई १ र २ तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय कुकिवान प्रेसिडेन्ट कपमा नेपालका तर्फबाट सहभागी हुँदैछन् । उक्त प्रतियोगितामा उनले अफिसियल रेफ्री जजको भूमिका पनि निर्वाह गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु