
मनिशा अर्याल ,
अगस्ता – वासस केल्लाकियो सडक खण्ड अन्तर्गतको सडक छेउमा राखिएको फलामे रेलिङमा सवारी अनियन्त्रित भै दुर्घटना परि एक २३ बर्शिय नेपाली कामदारको घटनास्थलमै मृत्यु भएको साइप्रस प्रहरीले जनाएको छ ।
सडक दुर्घटनामा परि मृत्यु भएका ब्यक्तिको पहिचान नखुलेको र पुर्ण बिवरण सार्बजनिक नगरिए पनि मृतक कामदार भिसामा साइप्रस रहेको खुलेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसंधान गरि रहेको साथै दुर्घटनाग्रस्त गाडी नम्बरका आधारमा रोजगार दातालाई जानकारी गराइएको साइप्रस प्रहरीले जानकारी गर्दै साइप्रस डाइजेस्टले खबर प्रकाशित गरेको छ ।र अहिले सम्म पनि जानकारी प्राप्त नभइ सकेको र पुर्ण जानकारी प्राप्त हुने बित्तिकै बताइने छ । थप बिवरण आउँन बाँकी …….


