तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवीण र संगितालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १६ गते, बुधबार ६:१०

काठमाडौ ।नेपाल आर्मीका प्रवीण मानन्धर र संगिता राईले गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् ।
बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगिताले बाग्मतीकी सन्जु देशासलाई पराजित गरे ।
गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष टिम कातामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा कर्णाली र बाग्मती तेश्रो भए । सो स्पर्धाको महिलामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा लुम्बिनी र बाग्मती तेश्रो बने ।
पुरुष ५० केजीमुनि गण्डकीका बुद्ध लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का धनकुमार राईलाई हराए । ६७ केजीमुनि प्रदेश १ का रोहित बाँस्कोटाले आर्मीका किरण पुन मगरलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । महिला ६८ केजीमाथि आर्मीकी निरुपा तामाङ पहिलो भइन् । निरुपाले फाइनलमा बाग्मतीकी सोनिया मोक्तानलाई पन्छाइन् ।
प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सात प्रदेश र आर्मीका १ सय ८४ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु