दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रिन्स र योनेक्स सनराइजको सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १६ गते, बुधबार ६:१४

काठमाडौं, १५ चैत । विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई मंगलबार योनेक्स सनराइजले सम्झौता गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र प्रिन्स दाहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैया नगदसँगै उनको लागि आवश्यक सबै खेल सामग्री उपलब्ध गराउनेछ । यस्तै सम्झौतामा हरेक अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता र जितको रकम समेत प्राप्त गर्ने उल्लेख छ । यस्तै सम्झौतामा प्रिन्सले इन्डोनेसिया वा भारतमा प्रशिक्षणको अवसर पाउनेछ । मंगलबार नै उनलाई आवश्यक पर्ने खेल सामग्री र पोशाक हस्तान्तरण गरिएको छ । प्रिन्सले हरेक प्रतियोगिताको योनेक्सको लोगो अंकित खेल सामग्री प्रयोग गर्नेछ ।
योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलाले प्रिन्सको सम्भावना देखेर नै उनीसँग सम्झौता गरिएको र अन्य सम्भावना बोकेका प्रतिभावान् खेलाडीलाई पनि योनेक्सबाट सहयोग र सम्झौताको लागि बाटो खुलेको बताए । योनेक्स नेपालले यसअघि पनि प्रिन्ससँगै अन्य खेलाडीलाई खेल सामग्रीमा सहयोग गर्दै आइरहेको छ । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले गत पुसमा निकालेको नयाँ वरीयता अनुसार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा पुग्न सफल भएका थिए । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु