तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आर्मी टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १६ गते, बुधबार २०:१९

काठमाडौ ।नेपाल आर्मी गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मीले ९ स्वर्ण जित्यो ।
गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले १ स्वर्ण हात पा¥यो ।
बलम्बुमा भएको प्रतियोगिताको पुरुषमा गण्डकीका बुद्ध लामा तथा महिलामा बाग्मतीकी श्रद्धा थापा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा सात प्रदेश र आर्मीका १ सय ८४ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु