दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बन्जाराको नेतृत्वमा २२ जना युवा काङ्ग्रेस को सक्रिय राजनीतिमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १७ गते, बिहीबार १०:३०

गोर्खा ।भिमसेनथापा गाउपालिका ३ मझिन्थोकका प्रवेश बन्जारा बिगत लामो समय यूरोपमा बसि भर्खरै नेपाल फर्किएका हुन।नेपाल आइ सामाज सेवामा लागेका उनी पर्यटन क्षेत्रमा आबद्ध छन ।
भुकम्पका बेला विभिन्न अन्तर्राष्ट्रिय दाता र आफ्नो साथिभाइ को सहयोगमा विभिन्न राहतका सामग्री घर-घरमा पुर्याय भने बिद्यालयहरुमा शैक्षिक सामग्री हरु सहयोग गरे।
कोभिडको-19 माहामारीम अत्यावश्यक अक्सिजन देखि विभिन्न स्वस्थ्य सामाग्री सहयोग गरे।

सधैं घर घरमा गएर कैले खाद्यान्न ,कैले औसधि र बिद्यालयहरुमा शैक्षिक सामग्रीहरु सहयोग गरेका बन्जाराले भर्खरै अत्यावश्यक मकै छोडाउने मेसिन पनि वाडा न ३ का प्रत्येक घरलाई दान गरेका थिए ।

आफुलाइ सधै समाज सेवामा समर्पित गराएका बन्जारालाई नेपालको अस्थिर राजनीति ,अ-बैज्ञानिक एवम बिना योजना दुरुपयोग भएको राज्यको लागानी ,समाजको चरम गरिबी ,आर्थिक संकट अनि निराश युवाहरू देख्दा सधैं गम्भीर बनाउथ्यो।

सामाजसेवा गर्दा प्रत्येक बस्ती र घरमा पुगेका उनलाई समाजको दिगो परिवर्तन राजनीति र कुशल नेतृत्वले मात्रा गर्छ भन्ने थाहा छ। राजनीतिक पृष्ठभुमिका बन्जारालाई युवा सकृय भय मात्र कुशल नेतृत्व छान्न सकिने र दिगो बिकास पनि हुन्छ भन्ने लाग्छ।
शनिबार नयाबजारको सगुन क्याफेमा एउटा रमाइलो परिवेश सिर्जना भयो कारण थियोे उनै प्रवेश बन्जारा।
बन्जारा को बिशेश पहलमा भिमसेनथापा ३ का २२ जाना युवा आफ्नो निष्क्रिय राजनीति बाट सक्रिय राजनीतिमा प्रबेश गरे।

पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ , नेपाली काङ्ग्रेस गोरखा काठमाडौ सम्पर्क समितिका अध्यक्ष रामकृष्ण सिम्खडा लगयत विभिन्न नेता उपस्थित उक्त कार्यक्रम भिमसेनथापा ३ काठमाडौ सम्पर्क समितिले आयोजना गरेको थियोे । उक्त भेलाले होमनाथ अधिकारीलाई सर्बसम्मत अध्यक्ष बनाई गोर्खा काठमाडौं सम्पर्क समिति गठन गरेको थियोे।

सधै समाज सेवामा अग्रसर प्रवेश बन्जाराले आफ्नो अगुवाइमा निष्क्रिय राजनीति जिबन बिताएका एउटा ठूलो जमातको युवालाई सक्रिय राजनीतिमा लेराउन उल्लेखनीय भुमिका खेलेको भन्दै काङ्ग्रेस निकट सबै नेता-कार्यकर्ताले मुक्तकन्ठले प्रशंसा गरेका थिए ।

युवा र समाजलाई नजिकबाट नियालेका बन्जारा नेपाली काङ्ग्रेस पार्टी र नेताले उचित जिम्मेवारी दिय आफू पछी नहट्ने पनि बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु