तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भरतपुरमा साइक्लिङको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १८ गते, शुक्रबार २०:१८

भरतपुरमा साइक्लिङको तयारी
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन चैत २६ गते चितवनको भरतपुरमा हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलामा एलिट, मास्टर्स र चितवानवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सबैको दूरी ६० देखि ६५ किलोमिटर हुने छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता सह–संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख ७३ हजार ३ सय ३५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता व्यवस्थापन गरेर बचेको रकम क्यान्सर पीडित तथा अशक्त, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्तकुमार दरै, प्रतिष्ठानका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु