दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १९ गते, शनिबार ८:११

काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को पहिलो अडिसन चैत्र १८ शुक्रबार भेनश पब्लिक स्कूल, बेसीगॅाउ गोकर्णेश्वर काठमाण्डौंमा सम्पन्न भएको छ ,

अडिसनको प्रमुख निर्णायकमा वरिष्ट ऱ्यापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ (NSK Da )ज्यू रहनु भएको थियो भने निर्णायकमा कथा इभेन्टकी प्रमुख गनिका गुरुङ र मिस लेडी नेपाल २०१९ कि ऒकि किमोचि विष्ट “ रहेका थिए

मिस हिमालय लिटल एन्जल सिजन ३ मा ११३ जनाले अडिसन दिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन । प्रतियोगीहरुलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, भौतिक बिकास , आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् ।

मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद रू ५० हजार साथै इन्टरनेशनलमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी फष्ट
रनरअपले नगद रू ३० हजार र सेकेण्ड रनरअपले नगद रू २० हजार पाउने छन् । विजेताहरूले नगद सँगै ताज, ट्रफी र अन्य पुरष्कारहरू पनि पाउने छन् ।

प्रतियोगितामा उमेरको हिसाबले तीन समुहमा बिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ ।
कथा इभेन्टले २०१७ देखि बिभिन्न रोचात्मक कार्यक्रमहरू गर्दै आईरहेको र त्यस मध्येको एक बिसेस कार्यक्रम मिस हिमालय लिटल एन्जल पहिलो र दोस्रो सृखंला भब्य र सब्यताका साथ सम्पन्न गरेका थिए भने यस बर्ष सिजन ३ एडुकेशन पार्टनर भेनश पब्लिक स्कुल बेसीगॅाउ , गोकर्णेश्वर बाट गरेका छन्
र कार्यक्रम
योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने जानकारी समेत इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु