दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १९ गते, शनिबार १६:०३

काठमाडौं, १९ चैत । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो ।
महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान ९ः०० बजे होटल एलफ्टमा सुरु हुने छ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, माननीय विशाल भट्टराई, व्यवसायी दिपक मलहोत्रा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहने महासंघले जनाएको छ ।


यस्तै, कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिने समेत जनाईएको छ ।
कार्यक्रममा सहभागि हुन नेपाल मोवाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सम्पूर्णमा आह्वान गरेका छन् ।
उनले ४० जिल्लामा विस्तार भएको संस्था २ वर्षको अबधिमा ७७ जिल्लामा संरचना विस्तार गर्ने जानकारी दिए ।
साथै, उनले नेपालमा छरिएर रहेका मोबाईल व्यवसायीलाई एउटै छातामुनि समेट्दै व्यवसायीले भोगेका समस्याका सम्बन्धमा सरोकारवाला समक्ष वकालत गर्ने र राज्य तथा नागरिकप्रतिको दायित्वबारे व्यवसायीलाई प्रतिबद्ध बनाउन महासंघको महत्वपूर्ण अभिभारा रहेको बताए ।

उनले राज्यको निरन्तरको बेवास्ता, केही मोबाईल आयातकर्ता तथा कम्पनीको अस्पष्ट दृष्टिकोणले आजित भएका व्यवसायीले महासंघ आएसँगै केही राहतको महसुस गरेको दाबी समेत गरे ।

साथै, उनले अर्बौं राजश्व बुझाँउने कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएको गुनासो गर्दै विभिन्न बहानामा सरकारले व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु