
काठमाडौ । एसएस हस्पिटालिटी सोलुसनका प्रमुख नरेन्द्र प्रसाद अधिकारी सम्मानित भएका छन ।
युवा नेत्र सेवा संस्थाको “एक कप चिया दान अभियान” काे बाह्राैँ वार्षिकाेत्सवमा वरिष्ठ गायिका आनी छाेइङ डाेल्माले अधिकारीलाई
बिशेष सम्मान गर्नुभएको हो।
आँखाको उपचार गर्नबाट र स्वस्थ्य आँखा हुनबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्येश्यले सुरु भएको युवा नेत्र सेवा संस्थाको एक कप चिया दान अभियान”मा बिशेष योगदान पुराएबापत अधिकारीलाई सम्मान गरिएको हो।

अभियानका अध्यक्ष नेत्र विज्ञ सिद्धार्थ रञ्जितकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ बालराेग विज्ञ डा. उर्मिला शाक्य, इञ्जिनीयर भरत लाल श्रेष्ठ, अभियानका महासचिव राेशन राज महर्जन र काेषाध्यक्ष शर्मिला डङ्गाेल लगायतले शुभकामना मन्तव्य तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा “एक कप चिया दान अभियान” सम्बन्धी गीत र वृत्तचित्र पनि प्रस्तुत गरिएकाे थियाे।


