तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हेरिटेज रिङ रेस्लिङको हेभी वेटमा डेभिड च्याम्पियन काठमाडौं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २० गते, आईतवार ५:१८

प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेट विधामा चट्टान च्याम्पियन बनेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेको हो ।
च्याम्पियन बनेसँगै डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैया, मेडल र प्रमाणपत्र हात पारे । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ७५ हजार प्राप्त गरे । यो विधामा अघिल्लो पटकको च्याम्पियन चट्टान तेस्रो भए । तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धामा साइन घाइते भएर खेल्न नसक्ने भएपछि रेफ्रीले उनलाई विजेता घोषणा गरेको थियो । हाडकोर च्याम्पियन उनले ८५ हजार पाए । नुवाकोटे टाइगरले चट्टानलाई तथा डेभिडले साइनलाई पराजित गर्दै फाइनलको भिडन्त तय गरेका थिए । ट्याग टिममा योङ स्याडी र सिजे वल्डको जोडीले स्पाइडर म्यानलाई पराजित गर्दै च्याम्पियन बने । ट्याग टिम च्याम्पियन जोडीले ९५ हजार रुपैया हात पारे ।
निकै नै रोमाञ्चक बनेको लाईट वेट फिमेलमा तन्नुलाई पराजित गर्दै आकृति च्याम्पियन बनिन् । च्याम्पियन आकृतिले ६५ हजार रुपैयाँ हात पारिन् ।
च्याम्पियन खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) पुर्व उपाध्यक्ष पिताम्वर तिम्सिना, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव पुरेन्द्र विक्रम लाखे, राखेप सदस्य एकेन्द्र कुँवर, चन्द्र बदना राई, रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कृत गरे । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए ।
नेपाल रिङ रेस्लिङको आयोजना तथा काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नुवाकोटे टाईगर, चट्टान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु