तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मनकामना टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २० गते, आईतवार १८:५५

काठमाडौं, चैत २० गते ।
आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो ।
मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बूढानीलकण्ठ दोश्रो भयो । तेश्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ स्वर्ण हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा सिन्धुपाल्चोकका फुर्वासिंह वाइबा तथा महिलामा च्याम्पियन मार्सल आर्ट्सकी योञ्जन लामा उत्कृष्ट खेलाडी घोषित भए ।
दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु