
नुवाकोट । ग्लोबल आइएमई लघुबित्त बित्तिय संस्था लिमिटेडको नुवाकोट जिल्ला चौघडा स्थित चौघडा शाखा कार्यलयले केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लिखु गाउँपालिका वडा नं ४ स्थित मर्कपोलो रिसोर्ट मा मिति २०७८|१२|१८
गते बित्तिय साक्षरता तथा बार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ| ०२३ नं केन्द्रका केन्द्र प्रमुख श्री सुजिना तामाङ को शभापतित्व/ अध्यक्षतामा भएको उक्त कार्यक्रममा यसै संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत श्री सजल खड्का प्रमुख अतिथी रहनुभयको थियो | उक्त कार्यक्रममा बित्तिय संस्थाका तर्फबाट जोखिम बिभागका प्रमुख दिवस राज ओलि तथा अनुगमन अधिकृत सशिकान्त न्यौपाने को उपस्थिती भएको शाखा प्रबन्धक केश कुमारी सारु ले जानकारी दिनु भयो|हाल बित्तीय संस्थाले करिब १ लाख ४४ हजार जना ग्राहक सदस्यहरुलाइ लघुबित्त बित्तिय सुबिधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुलाइ ८ अर्ब 38 करोड रुपैया बराबर कर्जा लगानी गरेको छ | यसै गरि संस्थाले आफ्ना ग्राहक सदस्यहरु सङ २ अर्ब ६६ करोड रुपैया निक्षेप सङ्कलन गरेको छ| साथै बित्तीय संस्थाले ई-सेवाबाट पनि बचत तथा कर्जा सङ्कलन गर्ने सुबिधा तथा एसएमएस बाट आफ्ना बित्तिय कारोबारको जानकारी लिन सकिने सुबिधा प्रदान गर्दै आएको छ|


