दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्यारिना र नर्वदालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २१ गते, सोमबार १९:२३

काठमाडौं, चैत २१ गते ।
प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । गल्र्स सिंगल्सको यु–१४ मा क्यारिना र यु–१२ मा नर्वदा पहिलो भएका हुन् ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ फाइनलमा क्यारिनाले आदर्श विद्या मन्दिर (एभीएम) की आश्मा पहारीलाई ३–० को सोझो सेटमा पराजित गरिन् । विजेश्वरी बोर्डिङ स्कुलकी अनामिका कस्ती र श्रृजना ज्ञान सागर स्कुलकी वर्षा अधिकारी संयुक्त रुपमा तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१२ को उपाधि भिडन्तमा नर्वदाले आवर होम बोर्डिङ स्कुलकी सुलेखा ठाकुरलाई ३–१ ले हराइन् । ज्ञान सागरकी विपिना थापा र प्रोक्सिमाकी प्रज्ञा भेले तेश्रो बने ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा र केबी सामका अध्यक्ष कमलकुमार बेगानीले संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ३४ स्पर्धामा ३ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५÷१५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु